नेपालले खेल्ने सपना मात्रै रहेको वर्ल्डकप अब नेपालमा (भिडियो)


(सेलिब्रेटी नेपाल) ६ असोज-भर्खरै काठमाडौँमा सम्पन्न आठौँ साफ गेममा नेपाल सेमी फाइनल बाट बाहिरिन पुग्यो। नेपालको खेल पहिले भन्दा निकै सुधार भएको खेल बिस्लेशकहरु बताउंछन्। खेल सुधार भए पनि बिस्वकप फुटबलमा सहभागी हुन अझै कति दशक कुर्नु पर्छ वा नेपालको विश्वकप खेल्ने सपना मात्र रहन्छ भन्न सकिने अवस्था छैन। यसै सेरोफेरोमा रहेर नेपाली चलचित्र निर्माण भएको छ नेचुरल मुभि मेकर्स प्रालिले ‘वर्ल्डकप इन नेपाल’नामक नेपाली कथानक चलचित्र निर्माण गरेको छ।
world-cup-in-nepal
चलचित्र विकास बोर्डबाट ‘स्पेशल अवार्ड’ समेत पाएको यस चललिचत्रमा जुगल डङ्गोलको सङ्गीत, केन्जुमा सुब्बा र सुमन घलेको गायन तथा लेखन निर्देशन रामशरण पाठकको रहेको छ। चलचित्रको रिलिज मिति तय भएको छैन तर निर्माण युनिट प्रचार प्रसारमा तिब्रता दिन थालेको छ। खेल बिषयमा अझ फुटबलको सेरोफेरोमा रहेर नेपालमा निर्माण भएको यो पहिलो चलचित्र हो।यसलाई दर्शकको साथ कति मिल्नेछ त्यॊ त रिलिज पछि नै थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.