रेखा पर्सा–१ बाट प्रत्यक्ष उम्मेदवार पक्का, जमानत जफत क्षेत्रमा रेखाको के होला?


(सेलिब्रेटी नेपाल) ४ असोज-एकीकृत माओवादीले अन्ततः चर्चित नायिका रेखा थापालाई पर्सा–१ बाट प्रत्यक्षमा उठाउने निर्णय गरेको छ। क्षेत्र, जिल्ला र राज्य समितिबाट सिफारिस हुन नसकेकी थापालाई केन्द्रले उम्मेदवार बनाउने निर्णय आज बिहान गरेको जिल्ला संयोजक प्रल्हाद गिरीले बताए। ‘रेखाजी पर्सा–१ बाट प्रत्यक्ष उम्मेदवार पक्का भएकि छिन्,’ गिरीले भने, ‘केन्द्रले उनको नाम चयन गरेको जानकारी दिइसकेको छ।’

rekha-thapa cbn

रेखाले उठने भनिएको सो क्षेत्रमा यसअघि एमाओवादीको जमानत जफत हुन पुगेको थियो भने सो स्थानबाट फोरमकी करिमा बेगम निर्वाचित भएकी थिइन्। थापासहित संयोजक गिरी, अन्सारी एमाओवादीका नवप्रवेशी हुन्। गिरी यसअघि भुमिगत संगठन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष पवन भनेर चिनिएका थिए। सरकारसँग वार्ता प्रक्रियामा आएपछि सो समूह चार महिना अघि एकीकृत माओवादीसँग एकीकरण हुन पुगेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.