कर्कश हिरो सुरज जंगे बन्ने सम्भावना


(सेलिब्रेटी नेपाल) ४ असोज-कर्कश बाट नेपाली चलचित्रमा प्रवेश गरेका चर्चित भी जे तथा मोडल सुरज सिंह अब ‘जँगे’ बन्ने भएका छन् उत्कल थापाले सुरजलाई जंगेको भूमिकामा चलचित्रमा निर्देशन गर्ने छन् नेपाली सिनेमाका लागि उत्कल आफैंमा डेब्यु निर्देशक हुन्। तथापि अष्ट्रेलियाबाट सिनेमा अध्ययन गरेको अनुभव छ उनीसँग । सोही कारण उनले नेपाली इतिहासकै सबै भन्दा शक्तिशाली पात्रलाई रोजेर सिनेमामा उतार्ने काम गर्दैछन्। यो कार्यमा उत्कलसँग नेपाली सिनेबृत्तका कुशल छायाँकार एवँ सफल निर्माता सुसन प्रजापति उत्रिएका छन् । जँगबहादुरलाई प्रतिक बनाएर उत्कल र सुसनले चलचित्र ‘जँगे’ निर्माण गर्दैछन्। जसमा सुरजसिंह ठकुरीलाई निर्माण पक्षले प्रथामिकता दिएको छ।
Junge-movie
बिहिबार साँझ राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनीले सुरज चलचित्रको मुख्य भुमिकामा देखिने सम्भावना रहेको बतायो। कस्तो अस्पस्ट ! पत्रकार सम्मेलन गरियो चलचित्र घोसणा भयो तर कलाकार अझै सम्भावना भनियो कलाकार कन्फर्म भए पछि पनि चलचित्रको प्रचार गरेको भए हुने थियो नि ? तिहार पछि छायाँकन सुरु गरिने भनिएको जँगेलाई आईडियाज एन्ड इमेजेस् र आभाना प्रोडक्सनले निर्माण गर्दैछ। जसका प्रस्तुतकर्तासँगै छायाँकारको रुपमा पनि सुसन प्रजापति नै रहेका छन् । शान बस्न्यातको आलेख रहेको जँगेका निर्माण सँयोजक गगन श्रेष्ठ रहेका छन्। अन्य कलाकार हरुको बारेमा कुनै पनि कुरा सार्बजनिक गरिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.