दुइ एडल्ट संग दुश्मनी


(सेलिब्रेटी नेपाल) ४ असोज-नेपाली चलचित्रको बजार ओरालो लागि रहे पनि चलचित्र बन्ने र प्रदर्शन हुने क्रम भने घटेको छैन आज सुक्रबार बाट पनि ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ‘प्राण भन्दा प्यारो’, ‘खेताला’ र ‘दुश्मनी’ यी तिन चलचित्र उस्तै वर्गका चलचित्र हुन् तिन ओटैमा स्तर कास्ट छैनन र कुनै चलचित्र हेर्नै पर्ने बिशेषता पनि छैनन यी चलचित्र प्रदर्शन हुन्छन र आफसे आफ जानेछन कुनै ब्यापारिक भ्यालु पनि रहने छैन अघिल्लो शुक्रबार रिलिज भएका ‘ढुवानी’ र ‘राजनीति’ले पनि अपेक्षाकृत व्यापार गर्न सकेनन्। आज बाट प्रदर्शन हुने तिन चलचित्र मध्ये दुइ चलचित्र ‘प्राण भन्दा प्यारो’ र ‘खेताला’ले सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पाएका छन्।Pran Bhanda Pyaro poster
तीन चलचित्रको तुलनामा कमलकृष्ण पौडेलले निर्देशन गरेको ‘प्राण भन्दा प्यारो’को चर्चा अलि बढी छ। यसअघि उनले ‘रावण’ र ‘फुलस्टप’ निर्देशन गरेका थिए। पञ्च परमेश्वर फिल्मको प्रस्तुती रहेको ‘प्राण भन्दा प्यारो’मा निर्देशक कमलकृष्ण, वासु पुडासैनी र अनामिका चौलागाइँ, अंकिता साह, विष्णु सापकोटालगाएतका कलाकारको मुख्य भुमिका रहेको छ। चलचित्र महिला हिंसाको विरुद्धमा छ।

‘प्राण भन्दा प्यारो’सँगै प्रदर्शनमा आउन लागेको ‘खेताला’लाई शिव घिमिरेले निर्देशन गरेका हुन्। फिल्मको प्रचारप्रसारका सामाग्रीमा चुम्वन, वेन सिन तथा दोहोरो अर्थ लाग्ने शब्दहरुलाई जोड दिइएको छ। चलचित्र श्रीमान्ले श्रीमतीको भावना नबुझ्दा आउने पारिवारिक समस्यामा केन्द्रीत छ। रेखा रेग्मीले निर्माण गरेको चलचित्रमा राजेश ढुंगाना, पुष्कर रेग्मी, मोनिका दाहाललगाएतका कलाकारको अभिनय रहेको छ।

‘प्राण भन्दा प्यारो’ र ‘खेताला’सँगै अर्को चलचित्र ‘दुश्मनी’ पनि आज बाटै प्रदर्शनमा आउँदैछ। केहि बर्ष अघि नै निर्माण भएर बसेको चलचित्र दुश्मनिले आजै बाट प्रदर्शनको मौका पाएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.