लोकेन्द्रबहादुर चन्दका छोराले बाबुको कथा ‘ठकठकेहरु’लाई पर्दामा उतारे


सेलिब्रेटी नेपाल ३० भाद्र- पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दले लेखेको कथा ‘ठकठकेहरु’लाई उनका छोरा अभिनेता भुपेन चन्दले पर्दामा उतारेका छन् । लघु चलचित्र ‘ठकठकेहरु’ लाई भुपेनले आफ्नै फिल्म कम्पनी वान्स अपन अ टाइम प्रोडक्शनबाट निर्माण गरेका हुन् ।
Thak-thake-bhupen-chand
सागर लामिछानेको निर्देशनमा तयार भएको ‘ठकठकेहरु’को शनिबार काठमाडौंको केएल टावरमा विशेष शो गरिएको थियो। जुन शोको विशेष अतिथी स्वयम: पुर्वप्रधानमन्त्री चन्द थिए। चलचित्रमा कथाको प्लट अनुसार २०२८ सालकै सरोफेरोको भेषभूषा र भाषा प्रयोग गरिएको छ। पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा भूपेन चन्द, सौजन्य सुब्बा, जितु नेपाल, रवि गिरीलगाएतका कलाकारको अभिनय रहेको छ।

करिब ५० मिनेट लामो ‘ठकठकेहरु’ विदेशी बजार तथा फेस्टिभलहरुलाई ध्यानमा राखेर निर्माण गरिएको भुपनेले जनाएका छन्। उनी आउँदो डिसेम्बरमा चलचित्र लिएर अमेरिका उड्ने तयारीमा छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.