कलाकार संघको साधारण सभामा कलाकारको उपस्थिति १० प्रतिशत


(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त साधारण सभाको पहिलो सत्रमा विभिन्न कलाकार तथा चलचित्र पत्रकार लाई सम्मान गरिएको थियो। पहिलो सत्रको आकर्षणका रुपमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मी रहेका थिए पहिलो सत्रको कार्यक्रममा चलचित्र पत्रकारको पनि उलेख्य उपस्थिति रहेको थियो । कलाकार हरुको हक हितको लागि कार्य गर्ने संघको बार्षिक साधारण सभाको दोस्रो सत्र बन्द सत्रमा उपस्थिति देख्दा यो पंक्तिकार लाई केहि लेख्न मन लाग्यो। नेपालका कलाकारहरु सार्है ब्यस्त भएर उपस्थिति नभएका हुन् कि संघ प्रति बेवास्ताले हो बुझ्नै गार्हो भो।

Prgya-pratisthan

कलाकारहरु ब्यस्त भनौ भने रात्री भोज तथा अन्य भोज हरुमा भने उलेख्य सहभागिता देख्न सकिन्छ। आफ्नै संघको बर्षमा एक दिन हुने बार्षिक साधारण सभामा किन उपस्थिति भएनन् र आगामी दिनमा कसरि आफ्ना सदस्य हरु लाई उपस्थित गराउने भन्ने बिषयमा संघका पदाधिकारी हरुले गहिरिएर सोच्नै पर्ने बेला आइ सकेको छ अन्यथा यस्ता कार्यक्रम हरु गर्नुको कुनै औचित्य नै रहँदैन।
साधारण सभाकै अबसरमा संघले प्रकाशन गरेको स्मारिकामा संघका पधाधिकारी सहित सम्पूर्ण सदस्य गरेर ५८७ जना छन्। जम्मा  सदस्यको ४ चार भागको एक भाग मात्र उपस्थिति हुँदा पनि ११५ जनाको उपस्थिति हुन्थ्यो तर आज सम्पन्न साधारण सभाको बन्द सत्रमा १०० जनाको भन्दा पनि थोरै उपस्थिति रहेको थियो।

उक्त साधारण सभामा कलाकार संघ पुरस्कार २०७० बाट अभिनेता कृष्ण मल्ल,नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कार २०७० बाट कलाकार मीथिला शर्मा,सगरमाथाको सफल आरोहण गर्ने नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७०,नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान २०७० बाट चर्चित हाँस्य कलाकार विल्सनविक्रम राइनेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७० बाट पत्रकारद्धय कृष्ण भट्टराई र दिपेशराज थारुलाई सम्मानित गरिएको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.