खिलराज रेग्मीले गरे कलाकार लाई सम्मान,अनि भने निर्वाचनमा सहयोग गर्नुस


(सेलिब्रेटी नेपाल) २९ भाद्र- नेपाल चलचित्र कलाकार संघको १२ औं वार्षिक साधारण सभा आज कमलादी स्थित प्रज्ञा भवनमा मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। नेपाल चलचित्र कलाकार संघको २६ औं स्थापना दिवसको अवसर पारेर गरिएको साधारण सभालाई मन्त्रीपरिषद अध्यक्ष रेग्मीले औपचारिक उद्घाटन गरेका थिए। प्रज्ञा भवनमा उनको स्वागतको लागी पञ्चे बाजा घन्काइएको थियो। अध्यक्ष रेग्मीले कार्यक्रममा बोल्दै कलाकार हरु लाई संबिधान सभाको निर्वाचनमा सहयोग गर्न आग्रह समेत गरे ।
Nisha-adhikari-samman
संघको १२ औ साधारण सभाको अबसरमा विभिन्न चलचित्रकर्मी तथा पत्रकारहरुलाई सम्मानित गरिएको छ । नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७० बाट अभिनेता कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ । उनलाई सम्मानपत्र र ५१ हजार १ रुपैयाबाट पुरस्कृत गरिएको छ । यस्तै नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कार २०७० बाट कलाकार मीथिला शर्मालाई १५ हजार १ रुपैया र सम्मानपत्रबाट पुरस्कृत गरिएको छ कलाकार संघले सगरमाथाको सफल आरोहण गर्ने नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७० बाट सम्मानित गरेको छ ।

Shree-krishna-bhattarai

यस्तै कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७० बाट पत्रकारद्धय कृष्ण भट्टराई र दिपेशराज थारुलाई सम्मानित गरिएको थियो । रंग पत्रकारिताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान २०७० बाट चर्चित हाँस्य कलाकार विल्सनविक्रम राइलाई सम्मानित गरिएको छ । कलाकार संघले सेवा सम्मानबाट कलाकार राजाराम पौडेल, सुशील पोखरेल, श्रीराम पुडासैनीलाई सम्मानित गरेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.