दिवाकरको चलचित्र ‘मायावी’ को छायांकन सम्पन्न



काठमाडौँ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मायावी’ को छायांकन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको पहिलो चरण र दोस्रो चरण गरि करिब २ महिनामा छायांकन सकिएको हो ।

चलचित्रमा पल शाह, दीपिका प्रसाँई, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाँइ लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । चलचित्रको सह–निर्माताको रुपमा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा छन् । चलचित्रका कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रुपमा अम्बरीश कश्यप छन् ।

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । चलचित्रको लाइन प्रोड्यूसरमा राजकुमार कार्की छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.