प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा



काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।

‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

हिन्दीको अलावा दक्षिण भारतीय भाषाहरूमा समेत डबिङ हुने चलचित्र जीवन थापाले निर्देशन गर्न लागेका हुन् । सुवास काले, प्रसान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माणमा चलचित्र बन्न लागेको हो । आगामी वर्ष रिलिज हुने चलचित्र बिग बजेटमा तयार हुने बताइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.