मधुमासमा आर्यन सिग्देल र नवनायिका पूजा शर्माको रोमान्स (भिडियो)


(सेलिब्रेटी नेपाल) २८ भाद्र-पछिल्लो समय असफल भए पनि ब्यस्त भइ रहेका नायक आर्यन सिग्देलले नवनायिका पूजा शर्मा सँग रोमान्स गरेको चलचित्र ‘मधुमास’को एउटा गीतको भिडियो सार्वजनिक भएको छ। सुदर्शन थापाले निर्देशन गरेको यस चलचित्रको ‘आँटी सक्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा कोरियोग्राफर रेनेशा राईले आर्यनलाई निकै मज्जाले पूजासँग रोमान्स गर्न लगाएको देखिन्छ।
Aryan-puja-madhumas
यस गीतमा सुरेश अधिकारीको संगीतमा पार्श्व गायनमा सफल जोडी अञ्जु पन्त र दिपक लिम्वुले स्वर दिएका छन्। गीतको शब्द भने कुमार विवाहितले लेखेका हुन्। ‘मेरो एउटा साथी छ’ बाट सफल बनेका निर्देशक सुदर्शन थापा लभस्टोरी चलचित्र बनाउन माहिर मानिन्छन्।’मधुमास’ कार्तिक ८ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ। चलचित्रमा आर्यन र पूजासँगै अर्की नवनायिका शिवाङगी राणाको प्रमुख भूमिका रहेको छ।
Madhumas-poster

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.