चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु



काठमाडौँ। चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत संगै चलचित्रको छायांकन सुरु गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी , नारायण खातीको मुख्य अभिनय रहने छ ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को निर्देशन तथा प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ ।

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ । चलचित्रमा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो चलचित्रले बोल्ने लेखक अधिकारीले बताए ।

चलचित्रको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ । चलचित्रमा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,देव महर्जनको द्वन्द्व ,समिर मियाको भिएफयक्स ,कविराज गहतराजको कोरियोग्राफी,सुमन काफ्लेको प्रोडक्सन रहने छ ।