राजनीतिक बिषय र चेलीबेटी बेचबिखन दुवैलाई दर्शकले मन पराए


(सेलिब्रेटी नेपाल) २८ भाद्र-यो सुक्रबार बाट दुइ नयाँ चलचित्र प्रदर्शनमा आए चलचित्र ‘ढुवानी’ र ‘राजनीति’ यी दुवै चलचित्र पहिलो दिनको सुरुवाती व्यापार राम्रो गरेका छन् नेपालको राजनीतिक अवस्थालाई चित्रित गर्न खोजेको चलचित्र राजनीति र चेलीबेटी बेच बिखनको कथा लाई उठाउन खोजेको ढुवानी लाई आज चलचित्र हेर्ने दर्शक हरुले राम्रो प्रतिक्रिया दिएका छन्।
dhuwani poster
पिताम्बर पाण्डेको निर्देशनमा तयार भएको चलचित्र धुवानिले चेलिबेटी बेचबिखनको बिषयलाई प्रमुखताका साथ उठान गरेको छ यस चलचित्रमा किशोर खतिवडा, धिरेन्द्रराज थापा, प्रबिन खतिवडा, सगुन शाही, अनुजा गायक लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ।
rajneeti-poster
बसन्त निरौला निर्देशित चलचित्र ‘राजनीति’ मा राजेश हमाल, कोमल वली, पवित्रा आचार्य, रमेश बुढाथोकीको साथमा निर्माता दिपक सुवेदीले अभिनय गरेको यो चलचित्रलाई दिपक सुवेदी र हरी पन्तले मिलेर निर्माण गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.