हिट चलचित्र आगोको सिक्वेल बन्दै


(सेलिब्रेटी नेपाल) २६ भाद्र-माओवादी जनयुद्धको कथामा आधारीत चलचित्र आगो जुन नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको रुपमा लिने गरिन्छ। नारायण पुरीले निर्देशन गरेको चलचित्र प्रदर्शनमा प्रतिवन्ध पनि लागेको थियो।२०५६ सालमा रिलिज भएको सुपरहिट चलचित्र ‘आगो’चलचित्रको सिक्वेल ‘आगो २’वन्ने भएको छ। किसान पोखरेलले निर्माण गर्ने यस चलचित्र ‘आगो २’ लाइ मदन घिमिरेले निर्देशन गर्ने भएका छन ।
Aago2-nawal-khadka
मंगलवार भद्रकालीमा पुजा गरि शुरुवात गर्न लागिएको यस चलचित्रमा पनि आगोका मुख्य पात्र शुसिल क्षेत्री दोहोरिएका छन्। अन्य कलाकार भने दोहोरिएनन्। ‘आगो’ले चलचित्र क्षेत्रमा सुशीलको विशिष्ट पहिचान बनाएको थियो । सिक्वेलमा सुशीलसँगै प्रिया रिजाल र सारिका घिमिरेको पनि अभिनय देख्न सकिन्छ। शिवम अधिकारिको लेखन, शम्भू सापकोटाको छायांकन तथा रोशन श्रेष्ठको द्वन्द्व रहने यो चलचित्र राजधानी आसपासमा छायांकन हुँदैछ। चलचित्रको सुटिंग भोलि बिहीबारबाट सुरु हुने निर्देशक घिमिरेले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.