अश्लिल चलचित्र सेन्सरमा अड्चन आउला? (भिडियो सहित)


(सेलिब्रेटी नेपाल) २५ भाद्र-नेपाली चलचित्रको लागि सेन्सर बोर्डले सार्है दुख दियो भनेर नेपाली चलचित्र कर्मी हरु बाट गुनासो आइ रहेको बेला हिन्दि चलचित्र हरुको सेन्सर मा केहि अड्चन बिना प्रदर्शन भई रहेका छन् । अहिले सेन्सर बाट पिडित चलचित्र भन्दा कयौं गुना द्रिस्य तथा सम्बाद समाबेश चलचित्र ‘ग्राण्ड मस्ती’यहि आउँदो सुक्रबार बाट प्रदर्शनमा आउंदै छ।

Grand-Masti-poster

ग्रान्ड मस्तीको नेपाल वितरण जिम्मा लिएको दर्शना आर्टसकम्पनीले विवेक, रितेश र अफतावसँग लिएको भिडियो क्लिप्सको प्रचार गर्दै चलचित्रको प्रोमोसन सुरु गरेको छ। चलचित्रको प्रोमोमा बोलिएका सम्बाद अति नै अश्लिल छन् तर पनि सेन्सर बोर्ड बाट कुनै आपत्ति आउने छैन यसको बिषयमा नेपाली सिने क्षेत्रका अग्रज तथा दिग्गज हरुले कतै आवाज उठाएका छैनन् के यसरि हिन्दि चलचित्र लाई जस्तो पनि छुट दिने ? नेपाली चलचित्र लाई  माया गर्ने हरुले  यो बिषयमा बोल्ने बेला आइ सकेको छ केही वर्ष पहिले बलिउडमा रिलिज भएको हाँस्यप्रधान फिल्म ‘मस्ती’ले बलिउड फिल्म उद्योगमा ‘एडल्ट कमेडी’ र उच्छृंखल जोक्समा आधारित फिल्मको सुरुवात गरेको थियो । त्यसपछि बलिउडमा कयौं ‘एडल्ट कमेडी’ फिल्म आए । अहिले पुनः केही वर्षपछि फिल्म ‘मस्ती’को सिक्वेल ‘ग्राण्ड मस्ती’ प्रदर्शनको तयारीमा रहेको छ ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.