तीज खान तिन चलचित्र,कसको पेट भरिएला?


(सेलिब्रेटी नेपाल) २१ भाद्र-बजार सुस्ताई रहेको बेला आज बाट फेरी तिन चलचित्र प्रदर्शन हुँदै छन्। जन्जिर,’बिर’ र ‘हाम्री चेली’ले एक साथ देश भरका हलहरु बाडेर प्रदर्शनमा आएका हुन्।
hamri cheli _veer_zanjeer
करण क्रेजीले निर्माण गरेको चलचित्र जन्जिर मा जयकिसन बस्नेत, हर्षिका श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारको अभिनय रहेको छ। करण आफु पनि पनि महत्वपूर्ण भूमिकामा छन्। ‘जंजीर’लाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।

रेखा थापा र यश कुमारको रोमान्स समेटिएको चलचित्र ‘बिर’ लाई कुनै बेलाका सफल निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । ‘बाटो मुनिको फूल’मा रेखा र यश कुमारको जोडी सफल बनेको थियो चलचित्रमा कल्पना शाहीको पनि अभिनय रहेको छ। एक्सन -लभस्टोरी यो चलचित्रलाई रम्भा वलीले निर्माण गरेका हुन्। नारी प्रधान भएकाले तीजको अवसर पारेर प्रदर्शन गर्न लागेको निर्माण पक्षको भनाई छ।

आज बाटै प्रदर्शन हुन लागेको अर्को चलचित्र ‘हाम्री चेली’ नारीप्रधान चलचित्र हो। निर्देशक बाबृराम घिमिरेले दश वर्से युद्धको दौरान पीडित भएका महिला र भारतमा बेचिएकी नेपाली चेलीको दर्दनाक कथालाई पर्दामा उतारेका छन्। मिन प्रसाद श्रेष्ठले निर्माण गरेको यस चलचित्रमा शितल केसी, अञ्जु निरौला, रमेश विसी, कुमारी परियार, गिरीप्रसाद पुन, कुलचन्द्र पुरी लगायतको अभिनय रहेको छ। लोक दोहोरी भिडियोमा असाध्यै रुचाइएकी अञ्जुको यो पहिलो ठुलो पर्दाको चलचित्र हो।
यी तिन चलचित्र मध्ये कुन चलचित्र लाई दर्शकले मन पराउने हुन् र यो तिज कुन निर्माताको लागि राम्रो हुने हो त्यो भने केहि दिनमा थाहा हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.