निरज बरालको स्टुपिड मन


stupid-man
(सेलिब्रेटी नेपाल) २१ भाद्र-बिहिबार साँझ औपचारिक निर्माणको घोषणा गरिएको चलचित्र ‘स्टुपिड मन’ बाट कुसुमे रूमाल २’ डेब्यू नायक निरज बराल नायक बाट निर्माता बन्ने सुचिमा थपिएका छन्। चलचित्रमा उनले अहिलेका ब्यस्त नायक जीवन लुइँटेल र आफु स्वयं चलचित्रको मुख्य पात्र भएको जानकारी गराए। पुरै सुटिङ थाइल्यान्डमा गरिने भनिएको चलचित्र बाट दुइ नव नायिका चाँदनी शर्मा र रिजु श्रेष्ठले डेब्यु गर्दै छन्। निरजलाई निर्माणमा विवेक शाहीले सघाएका छन्। नेपाली केटा बर्मेली केटी बिचको प्रेम सम्बन्धलाई मुख्य कथा बनाएको चलचित्रमा मार्टिन खान नेगेटिभ भूमिकामा छन्। मेरो जीवन साथी चलचित्रबाट निर्देशनमा हात हालेका दिवाकर भट्टराईले ‘स्टुपिड मन’लाई निर्देशन गर्दै छन्।

चलचित्रमा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, संजय लामाको क्यामेरा,अष्ट महर्जनको द्धन्दनिर्देशन,कविराज गहतराजको नृत्यनिर्देशन रहनेछ।
३५ दिनको सुटिङ सेड्यूल निकालेर निर्देशक भट्टराई, छायाँकार संजय लामा र निर्माता बिबेक शाही आज शुक्रबार थाईल्याण्ड प्रस्थान गर्दैछन् भने बाँकि युनिट केहि दिनमा नै थाईल्याण्ड पुग्नेछन्। बिहीबारको कार्यक्रममा गायिका अञ्जु पन्तले चलचित्रको शिर्ष गीत गाएर सुनाएकी थिईन् भने निर्माता संघका अध्यक्ष राजकुमार राई र प्राबिधिक संघका अध्यक्ष मनोज केसीले निर्माण युनिटलाई सफलताको शुभकामना दिएका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.