नागरिक पहिलो अनुहारमा यस्ता छन्


(सेलिब्रेटी नेपाल) १९ भाद्र-बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘नागरिक’ को निर्दशक पौडेलले सामाजिक संजाल मार्फत फस्ट लूक्स सार्बजनिक गरेका छन। चलचित्र ‘नागरिक’लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राज भण्डारी र सर्बानी राज्य दुलाल मिलेर निर्माण गरेका हुन्।
nagarik-poster-cbn
चलचित्रको फस्ट लुकमा निर्देशक तथा अभिनेता बिश्व बस्नेतलाई देख्न सकिन्छ। बिश्व नै चलचित्रका मुख्य पात्र हुन्। राजुबिक्रम थापाको छायांकन,रोशन श्रेष्ठको एक्शन, बनिश शाहको सम्पादन, लक्ष्मण शेषको संगीत ,पुष्पा आचार्यको गीत,अचुत घिमिरे र मनोज लामाको नुत्य रहेको चलचित्र नागरिकमा विश्व बस्नेत,अनु शाह,राहुल के.सी,सरिता गिरि,गणेश उप्रेती,रमेश बुढाथोकी,पुष्पा आचार्य,मोहन श्रेष्ठ,सफलता खनाल,दिब्यदेव पन्त,रबि अधिकारी आदिको अभिनय रहेको छ।

चलचित्रको रिलिज मिति तोकिएको छैन मंगसिर ४ गते हुने चुनाब अघि नै चलचित्र रिलिज गर्ने निर्माण युनिटको योजना रहेको छ रिलिज पूर्व देशका बिभिन्न स्थानमा च्यारिटी शो हरु गरिने निर्दशक पौडेलले जानकारी दिए । चितवनको चलचित्र पत्रकार संघको पहलमा यहि भाद्र ३१ गते नारायणघाटको इन्द्रदेव चलचित्र मन्दिरमा बिहान ८:३० बजे चलचित्रको पहिलो च्यारिटी शो हुँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.