‘वान वे’ शुभ मुहर्त सम्पन्न करिश्मा र रबिन तामांग ‘वान वे’ मा


One-Way-rajkumar
(सेलिब्रेटी नेपाल) १७ भाद्र-आर सी पिक्चर्सको ब्यानरमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गर्न लागेको चलचित्र ‘वान वे’को आज बाट विधिवत रुपमा सुटिंग सुभारम्भ गरिएको छ। आज एक कार्यक्रमका बीच चलचित्रको शुभ मुहर्त गरि सुटिंग प्रारम्भ गरिएको हो।चलचित्र लाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दै छन् ।
one-way-karishma-manandhar
चलचित्रमा करिष्मा मानन्धर, रक गायक रबिन तामाङ, विल्सन विक्रम राई, सिद्धार्थ गुरूङ, माला सुब्बा, आकाश खवास, प्रकाश ओझा, भानु प्रताप,श्याम राईको मुख्य अभिनय रहनेछ। चलचित्रको कथा निर्देशक सुब्बाले लेखेका हुन् भने पटकथा प्रदिप भट्टराईको रहेको छ। नेपाली चलचित्रको बजारमा मन्दी आइ रहे पनि निर्माण कार्यमा भने कमि आएको छैन ।राम्रो चलचित्र निर्माण गरेमा दर्शकले मन पराउने भएकोले कुनै कम्परमैज नगरी राम्रो चलचित्र बनाउने कुरा निर्माता राज कुमार राईले बताए ‘हामीले प्रबिधि लाई ध्यान दिएर पहिलो पटक ३ वटा क्यामेरा प्रयोग गरेका छौँ’ निर्माता राईले थपे ।

थुप्रै चलचित्रको मुहर्तमा क्ल्याप ठोकी सकेका राईले आफ्नो चलचित्रको पनि मुहर्त शटमा क्ल्याप ठोके भने निर्देशक सुब्बाले नै निर्देशन गरे नायिका करिश्मा मानन्धरले मुहर्त शट दिइन ।नेपालीहरूको रात्री जीवनलाई देखाउन खोजिएको यस चलचित्रमा रबिन एण्ड दि न्यू रिभोलुसन र डम्बर नेपालीको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन,संगीता श्रेष्ठको नृत्य तथा छायाँकारमा हरि लामा, टेकबहादुर राई र दिपेन्द्र प्रसाद थपलिया रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.