‘प्राण भन्दा प्यारो’ टिम सम्मानित


Pran-bhanda-pyaro-samman
(सेलिब्रेटी नेपाल) १५ भदौ- नजिकै रहेको हरितालिका तीजको अवसर पारेर बिभिन्न कार्यक्रमहरु भईरहेका छन्। हिन्दु महिलाहरुको महान चाड तीजले टाढा-टाढा रहेका दाजुभाई तथा दिदिबहिनीहरुलाइ भेट्ने अवसर जुटाउने गरेको छ। यसै क्रममा पूर्वी नेपालको इटहराबाट काठमाण्डौमा आई बसोबास गरिरहेका इटहरावासीहरुको संस्था इटहरा समाज काठमाण्डौले पनि शनिवार एक भेटघाट तथा तीज बिशेष कार्यक्रमको आयोजना गरेको थियो।

सो समाजले नेपाली चलचित्र ‘प्राण भन्दा प्यारो’को टिमलाई सम्मान गरेको छ। शनिवार आयोजित भेटघाट, तीज बिशेष तथा सम्मान कार्यक्रममा सो चलचित्रका निर्देशक कमलकृष्ण, नायक बाशु पुडासैनी, नायिका अनामिका चौलागाईँ, गायिका मनिषा पोखरेल, मूख्य सहायक निर्देशक नवराज शर्मा साथै कलाकार किरण थापालाई सम्मान गरिएको हो।

सो कार्यक्रममा सगरमाथा नेपालमा नै पर्छ र सिद्दार्थ गौतम बुद्द नेपालमा जन्मेका हुन् भन्ने सत्यलाई प्रमाणित गर्न अमेरिकामा बसेर २० देशबाट १० लाख हस्ताक्षर संकलन गर्ने अभियानका नायक इटहरा -०४ निवासी प्रेम गुरागाईँलाई सम्मान पत्र प्रदान गरिएको थियो। सम्मानित गुरागाईँ अमेरिकामा नै रहेकोले उहाँकी बहिनी प्रविना गुरागाईँले सो सम्मान लिनुभएको थियो।

तीजका विविध गीतमा नाचगान सहितको उक्त कार्यक्रम इटहरा समाजका अध्यक्ष बिष्णु प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको थियो। समाजका उपाध्यक्ष चन्द्र प्रसाद गौतमले संयोजन गरेको सो कार्यक्रममा थुप्रै महिला दिदि-बहिनीहरुले रमाईलो गर्नुका साथै दर खाने कार्यक्रम समेत राखिएको थियो। कार्यक्रममा ‘प्राण भन्दा प्यारो’का कलाकार, निर्देशक तथा अन्य सहभागिहरु छमछमी नाचेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.