‘बाह्र नेपाली एक चिहान’ नौ बर्ष अघिको इराक काण्ड चलचित्रमा (भिडियो)


12-nepali-ek-chihan
(सेलिब्रेटी नेपाल) १५ भाद्र-२०६१ साल भाद्र महिनाको १५ गते इराकमा १२ जना नेपालीको हत्या भएको थियो। तिनै १२ जना नेपाली हरुको हत्या कसरि किन भएको थियो भन्ने बारेमा अध्ययन गरेर निर्देशक अरुण प्रधानले चलचित्र ‘१२ नेपाली एक चिहान’तयार पारेका छन्। यस चलचित्रको आज भाद्र १५ गते ९ वर्षा अघिको घटना लाई स्मरण गर्दै निर्माण युनिटले चलचित्रको फर्स्ट लुक पोस्टर र प्रोमो सार्बजनिक गरेको छ।

राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा फर्स्ट लुक सार्बजनिक गरिएको हो। उक्त कार्यक्रममा बोल्दै निर्देशक अरुण प्रधानले चलचित्रबाट आम्दानी भएको रकमको १० प्रतिसत रकम १२ जना नेपालीको नाममा ट्रस्ट संचालन गरि जम्मा गरिने जानकारी गराए जुन रकम बैदेशिक रोजगारमा मारिएका पिडित परिवारका छोरा छोरिहरुलाई छात्र ब्रिद्दि तथा सहयोग प्रदान गर्ने छ।

चलचित्रमा अभिनय गर्ने सम्पूर्ण नयाँ तथा थियटर आर्टिस्ट हरु रहेका छन्। राजन खतिवडा,जतिन ताम्राकार,रबिन्द्र झा,बिक्रम सिंह,उत्तम जंग लिम्बु,राम भजन कामत,सुशील थापा मगर,घनश्याम मिश्र,निरञ्जन मेहता,सोनु जयन्ति,प्रजा प्रधान,मिलन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.