प्रोड्युसरले गर्यो च्यारिटि प्रोड्युसरले अब बजार तताउने


(सेलिब्रेटी नेपाल) १५ भाद्र-थुप्रै म्युजिक भिडियो निर्देशन पश्चात ठुलो पर्दाको चलचित्रको निर्देशनमा हात हालेका निर्देशक जनकदिप पराजुलीको निर्देशनमा बनेको चलचित्र ‘प्रोड्युसर’ को अस्ट नारायण हलमा च्यारिटि शो सम्पन्न भएको छ।
produser six cbnv
निर्माता राजकुमार राई,प्रस्तुत कर्ता ज्योति राज राई ,कार्यकारी निर्माता केशब अधिकारी रहेको चलचित्रमा श्याम राई ,बाबु बोगटी, श्याम अर्याल विल्सन बिक्रम राई,स्वेता भट्टराई,पायल रायमाझीको मुख्य भूमिका रहेको छ हिजो साँझको च्यारिटि शोमा चलचित्रका कलाकार तथा पत्रकार हरुको उपस्थिति रहेको थियो। चलचित्र ‘प्रोड्युसर’मा चलचित्र क्षेत्र भित्रकै कथा व्यथा लाई समेटिएको छ। उक्त शोमा चलचित्र हेर्ने हरु सबैले चलचित्र राम्रो बनेको र दर्शकको मन जित्ने चलचित्र बनेको बताए। चलचित्र हेरेर निस्किएका सबैले यो चलचित्रले दर्शक लाई पूर्ण मनोरंजन प्रदान गर्ने र चलचित्रकर्मी हरुले शिक्षा पाउने कुरा बताए। चलचित्रको च्यारिटि शो बाट उठेको रकम सामाजिक कार्यमा खर्च गरिने प्रस्तुतकर्ता ज्योतिराज राईले बताए। चलचित्र रिलिज डेट तोकिएको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.