बाउन्सर र होस्टेलको भिडन्त


BOUNCER_FIRST-LOOK-sar
(सेलिब्रेटी नेपाल) १४ भाद्र-दुर्गिस फिल्मस्को ब्यानरमा निर्मित चलचित्र ‘होस्टेल’र काभ्रे फिल्मस्को ब्यानरमा निर्मित ‘बाउन्सर’आज सुक्रबार बाट देश भरका हलमा एक आपसमा भिड्दै छन् यी दुइ मध्ये कसको व्यापार बढी हुने कुन चलचित्रले दर्शक तान्ने त्यो भोलिका दिनमा थाहा हुने छ नवनिर्देशक हेमराज बिसीले निर्देशन गरेको होस्टेल र पुराना तथा अनुभबी निर्देशक मदन घिमिरेले निर्देशन गरेको चलचित्र‘बाउन्सर’ दुइ फरक बिसेषता भएका चलचित्र हरु हुन्। होस्टेलमा अनमोल केसी, सलोन बस्नेत र गौरव पहाडीलाई प्रमुख भूमिकामा देख्न पाइनेछ ।‘बाउन्सर’मा प्रशान्त गिरी र सुष्मा कार्कीको प्रमुख भूमिका रहेको छ।
hostel-poster cb
प्रकृति श्रेष्ठ, रिस्ता बस्नेत, सिङसुङ थापा, राजु लामा, सौगात रिमाल, शिशिर भण्डारी, रश्मी भट्ट, बीएस राणा र सुनिल रावल अभिनित चलचित्रको गीतमा स्वप्निल शर्मा,दिवस पौडेल र स्याडोज ब्याण्डको संगीत रहेको छ। चलचित्रमा अष्ट महर्जनको द्वन्द्व र हरि हुमागाईंको छायांकन रहेको छ।

डान्स बारमा काम गर्ने युवतीले भोग्नुपरेको कथालाई लिएर निर्माण गरिएको चलचित्र ‘बाउन्सर’एक्सनपूर्ण रहेको छ श्रीहरि श्रेष्ठ र राम गिरी निर्माता तथा युद्ध लामा र वीरेन्द्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, अर्जुन पोखरेल, चेतन सापकोटा र ताराप्रकाश लिम्बूको संगीत, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व र कृष्ण श्रेष्ठको छायांकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.