‘दिमाग खराब’ को प्रदर्शन मंगलबार सम्म गर्ने सहमती



काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको थियो ।

प्रदर्शन स्थगित गर्ने घोषणा गरेको दोस्रो दिन बिहीबार चलचित्रको निर्माता र नेपाल चलचित्र संघबीच मंसिर ५ गते मंगलबार सम्म प्रदर्शन गर्ने सहमति भएको हो । चलचित्र संघमा भएको बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । बैठकमा चलचित्रका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।