सुनसरीमा थपियो नयाँ सिनेमा घर



काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको सिनेमा घर ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सिनेमा घरको उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापन सहित उच्च क्वालिटिको प्रोजेक्टर र साउण्ड सिस्टम सहित उक्त हलको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रधानले हल पुन: संचालनमा आएकोले नयाँ व्यस्थापन टिमलाई शुभकामाना दिएका छन् । उनले आगामी दिनहरुमा यो हलले दर्शकको माग अनुसार सुविधालाई अझै विस्तार गर्दै लैजान पनि सुझाए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.