बलात्कारका घटना वृद्धिमा पुनमको हात !!


punam-pandey letest
बलिउड नायिका पुनम पाण्डेको उत्तेजक तस्वीरका कारण भारतमा बलात्कारका घटना वृद्धि भइरहेको भन्ने सन्देश सामाजिक सञ्जालमा फैलन थालेपछि उनले यसको खण्डन गरेकी छिन्।फेसबुक, ट्युटरजस्ता सामाजिक सञ्जालमा बलत्कारको घटना वृद्धि हुनुमा पुनमले अनलाइनमा पोस्ट गर्ने नग्न र यौनोत्तेजक तस्वीर पनि थप कारण रहेको कमेन्ट आउन थालेपछि उनले आफूलाई सो आरोप नलगाउन र यसमा नमुछ्न आग्रह गरेकी हुन्।

हप्तैपिच्छेजसो सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत र फिल्मी जीवनका अनेकन कामोत्तेजक तस्वीर र भिडियो पोस्ट गर्दै आएकी पुनमले त्यस्ता तस्वीर र भिडियो नै बलात्कारमा आफ्नो कुनै हात र भूमिका नभएको भन्दै सफाइ दिएकी छिन्। ‘मैले केही गल्ती गरेको छैन। यस्तो विषयमा मलाई मुछ्नु गलत हो।’ –पुनमले भनेकी छिन्। उनले बलात्कारका घटना वृद्धि हुनुमा भारतको कानुन र प्रशासन कमजोर भएको टिप्पणीसमेत गरेकी छिन्। महिलाको पहिरन बलात्कारको कारण नभएको पनि उनले जिकिर गरेकी छिन्। ‘५ वर्षकी बच्ची बलात्कृत हुनुमा उसको पहिरन कारण हुन्छ?’ –पुनमले एजेन्सीसँग प्रतिप्रश्न गरेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.