सुमनको भिडन्त सुमन संग


suman-singh
(सेलिब्रेटी नेपाल) ६ भाद्र-अभिनेता सुमन सिंहलाई अनलक्की नायकभन्दा फरक पर्दैन किनभने उनको लिड रोल रहेका करिब पाँच दर्जन चलचित्र रिलिज भइसक्दा पनि उनका चलचित्रले खासै कमल देखाउन सकेका छैनन्। सोही कारण उनी पछिल्लो समय निर्माता/निर्देशकको रोजाईमा पर्न छाडेका छन्। तैपनी उनका दर्जनको हाराहारीमा चलचित्र प्रदर्शन हुन बाँकी छन्। जसमध्ये भोली शुक्रबारबाट उनी अभिनीत दुई चलचित्र रिलिज हुँदैछन्, ‘ग्याम्बलर’ र ‘करामत’। रमेश बुढाथोकीले निर्देशन गरेको ‘ग्याम्बलर’मा सुमन शिर्ष भूमिकामा छन्। सुमनसँगै महानायक राजेश हमालले पनि ‘ग्याम्बलर’मा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

‘ग्याम्बलर’सँगै अल नेपाल रिलिज हुन लागेको ‘करामत’लाई दिनेश पौडेलले निर्देशन गरेका छन्। चलचित्र करामत एक्सन प्रधान रहेको छ। सुमनसँगै सम्झना प्याकुरेल, सोनिया शर्माको पनि अभिनय रहेको छ। लक्ष्मण शेषको संगीत,नारायण रिजालले नृत्य निर्देशन रहेको यो चलचित्रलाई राजु महर्जनले निर्माण गरेका हुन्।

सुमनका ‘ग्याम्बलर’ र ‘करामत’ सँगै भोली शुक्रबारबाट अर्को ‘दुई दुना पाँच’ पनि अल नेपाल प्रदर्शन हुँदैछ। हास्यप्रधान यो चलचित्र जयकिसन बस्नेतको निर्देशन, निर्माण र लेखनमा तयार भएको हो। चलचित्रमा जयकिसनसँगै करण क्रेजी, राजेश ढुंगाना, बालदीप राई, एनबी महर्जनको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.