अबको आशा बाउन्सरमा


BOUNCER_FIRST-LOOK-sar
(सेलिब्रेटी नेपाल) ६ भाद्र-‘नेपाली चलचित्रहरु धमा धम असफल भई रहेको बेलामा चलचित्र ‘बाउन्सर’ले चमत्कार गर्नेछ’ भन्छन नायक प्रशान्त गिरि भाद्र १४ गते बाट प्रदर्शन हुने ‘बाउन्सर’ले चलचित्र भित्र नायिका सुष्मा कार्कीको रक्षा गर्ने र यो चलचित्रले बजारमा पनि एक किसिमको आशा जगाउने निर्माता तथा नायक प्रशान्त गिरि बताउछन् नेपाली चलचित्र कर्मी हरुको व्यवहार बाट दर्शक मात्र होइन अन्य यस विधामा कार्य गर्ने हरु पनि फ्रस्टेसन हुन थालेको बेलामा एक्सन प्रधान चलचित्रले राम्रो व्यापार गर्नेमा निर्माता तथा नायक ढुक्क देखिनछन्।

‘कुनै चलचित्रले प्राबिधिक हरुको पारिश्रमिक नदियको अबस्थामा र चलचित्र बजार ओरालो लाग्दै गरेको बेला आफुले इमान्दारिताका साथ र मेहनतले राम्रो चलचित्र बनायको हुँदा दर्शकको साथ पाउनेमा ढुक्क छु।’निर्माता तथा नायक प्रशान्तले एक भेटमा बताए। सिनेमाको बिषयमा निर्माता तथा नायक गिरीले भने, ‘डान्सबारमा काम गर्ने एक युवतीले आफूलाई असुरक्षित महशुश गरेपछि बाउन्सर राख्छिन्। चलचित्रले प्रहरी प्रशासनले डान्सबारलाई दिने दुख, उनीहरुको पिडा लगायतको बिषयलाई उठान गर्न खोजेको छ।’ नेपाली दर्शकहरुले नयाँ खालका द्वन्द्वका दृश्यहरुलाई मन पराउने भएकाले ‘बाउन्सर’ले सबैको मन जित्ने विश्वास निर्माणपक्षको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.