सम्पादक मिलनले न्याय नपाए काम ठप्प पार्ने प्राविधिक संघको चेतावनी



काठमाडौँ। नेपाल चलचित्र प्राविधिक संघले सम्पादक मिलन श्रेष्ठले न्याय नपाए आफूहरुले कुनै पनि चलचित्रको छायांकन नगर्ने चेतावनी दिएको छ । चलचित्र प्राविधिक संघका महासचिव युवराज कार्कीले सेलिब्रेटी नेपाल संग भने–‘विनाकारण हाम्रो प्राविधिक मुद्दामा फसेका छन् । यसैले, हामी दुई दिन हेर्छौ । यदि २ दिनमा पनि मिलनले न्याय पाएनन् भने हामी सम्पूर्ण छायांकन रोक्छौं ।’

उनले फेसबुकमा स्टाटस पनि लेखेका छन्, आगामी दिनमा प्राविधिकको रकम चुक्ता नगर्ने निर्माता, निर्देशक, कलाकारका चलचित्रमा पनि काम नगर्ने चेतावनी दिएका छन् ।

चलचित्र ‘प्रसाद २’का सम्पादक मिलन श्रेष्ठमाथि यसका निर्माता सुदर्शन बस्नेतले ‘अपराधिक विश्वासघात’को उजुरी दिएका कारण प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । सम्पादक श्रेष्ठलाई विनाकारण आरोप लगाइएको भन्दै प्राविधिक संघले चाडै न्याय नपाएको खण्डमा केही दिनमै अप्रिय निर्णय लिन वाध्य हुने चेतावनी दिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.