बबिना किराँतीको ‘मनको रैछौ पापी’ (भिडियो)



काठमाडौँ। चरी भए भुरुरु जान्थे उडेर ,ओइ भन्यो माया ले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइ दिए साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत गोक्योरी लागाएत अन्य थुप्रै गीतमा स्वर दिई सकेकी भर्सटाइल गायिका बबिना किराँतीले हालै मात्र ‘मनको रैछौ पापी’ बोलको गीतको भिडियो आफ्नै युटुब बबिना किराँती अफिसियल च्यानल मार्फत सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गीतमा शब्द रचना मिलनकिराँतीको रहेको छ भने संगीत तोरेम्पा हाङ र एरेन्ज राजु कार्कीको रहेको छ। खोटाङको बुइपामा जन्मिएकी गायिका किराँतीले नेपालका बिभिन्न शहरमा स्टेज प्रस्तुतीको साथै देश बाहिर कोरिया, मलेसिया,दुबइको बिभिन्न शहरहरुमा समेत आफ्नो प्रस्तुती दिइ सकेकी छन् ।