डेभिड शँकरको ‘तिमीलाई हेरेर’सार्वजनिक (भिडीयो)



काठमाडौँ। पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत दिएका गायक डेभिड शँकरले यतिबेला आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई हेरेर…’को भिडियो सार्वजनिक गरेका छन् ।

उनको यो प्रेमिल गीतलाई अनिल तिखत्रीले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । दीपककै संगीतमा पहिलो नम्बरमा, दर्शन सलाम जस्ता हिट गीत गाएका डेभिडले यो गीतमा पनि दीपककै संगीतमा स्वर दिएका हुन् ।

पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको यो गीतको भिडियो आकर्षक बनाईएको छ । डेभिडले आफ्नै अफिसियल युट्युव च्यानलबाट आफ्नो यो गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरेका हुन् ।

यो गीतको भिडियोमा डेभिड आफैंले मोडलिङ गरेका छन् । आफुले निर्माण गरेका कारण यो गीत र गीतको भिडियोलाई आफ्नै च्यानलबाट रिलिज गरेको उनले बताएका छन् ।

युवराज वाईवाले निर्देशन गरेको यो गीतको भिडियोमा डेभिड शँकरसँग पवी शाकीको अभिनय रहेको छ । भिडियोमा निशल पौडेलको छायाँकन, लोमस पौडेलको सह निर्देशन र विकाश दाहालको सम्पादन रहेको छ । प्रेमालापमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराउने विश्वास गायक डेभिडको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.