अभिनेता अनमोल केसी हिरासत मुक्त



काठमाडौं । अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ताले जानकारी दिए ।

चलचित्र ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.