सुकुल गुण्डा बन्ने भए जीवन लुइँटेल


jiwan-sukulgunda(सेलिब्रेटी नेपाल) ४ भाद्र-नायक जीवनल लुइटेल नेपाली चलचित्रमा पछिल्लो समयमा ब्यस्त हुन थालेका छन् अब जीवन ‘सुकुल गुण्डा’ हुने भएका छन् ।मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेका चलचित्र ‘सुकुल गुण्डा’को मंगलबार बिहान काठमाण्डौ कमलादीको गणेशथानमा शुभ मुहुर्त गरिएको छ ।नायक जीवनको जोडी भएर खुस्वु खड्का देखिने भएकी छिन् ।

राजेश शाक्य, महेश प्रसाद मुडभरी र रमेश बस्नेतको संयुक्त लगानीमा बन्न लागेको ‘सुकुल गुण्डा’मानिस जस्तो देखिन्छ त्यस्तो हुँदैन र जस्तो हुन्छ त्यस्तो देखिँदैन भन्ने स्वभावमा आधारित हुनेछ। ज्योत्सजा फिल्म प्रोडक्सन प्रा.ली को प्रस्तुतीमा बन्न लागेको ‘सुकुल गुण्डा’मा अभिनेता लुइँटेल र खुश्वु खड्काको साथमा श्रीदेवी भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, रश्मी भट्टको मुख्य अभिनय रहने छ । भोलि बुधबार देखि चलचित्रको सुटिंग सुरु हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.