तारा अधिकारीको संयोग सार्वजनिक



काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको नयाँ गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक गरिएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् । भिडियोको छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् ।

सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ । गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शकश्रोतामाझ ल्याउन सकेकी थिइनँ । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ’– गीतकार तथा निर्देशक अधिकारीले बताईन् ।
गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो ।