मेकअप आर्टिस्ट साम्भालाई २ लाख सहयोग


(सेलिब्रेटी नेपाल) ३ भाद्र-मेकअप आर्टिस्ट साम्भा दी पाटिल (शम्भु क्षेत्री) लाई नेपाली चलचित्रमा मेकपको सुरुवात गर्ने गुरु मानिन्छ। आफ्नो  जिन्दगीको ३५ बर्ष नेपाली चलचित्रकर्मिलाई श्रृङ्गार गर्दै आएका साम्बाले दर्जनौ  चलचित्रमा काम गरी सकेका छन् । दुई छोराका बाबु रहेका साम्भा  बिगत केहि दिन देखी पेटको समस्याले पिडित छन्। उनको केहि दिन अघि काठमाण्डौ मेडिकल कलेज मा पेटको ठुलो आन्द्रा ९० प्रतिशत र शानो आन्द्रा ५० प्रतिशत काटेर अप्रेशन गरिएको थियो।  साम्भा अहिले शिक्षण अस्पतालमा उपचारको क्रममा छन्।

Shamba-di-patil-make-up-artist

उनको उपचारको लागि चलचित्र विकास बोर्ड अन्तर्गत  चलचित्रकर्मी कल्याणकारी कोषले आज शिक्षण अस्पतालमा पुगी उनको उपचारको लागि २ लाख रुपैया सहयोग  गरेकोछ। सोमबार बिहान कोष संचालक समितिका संयोजक बसुन्धरा भुषाल लगायत बिकास बोर्ड कर्मचारी र नेपाल चलचित्र प्राबिधिक संघका प्रतिनिधि बिहान अस्पताल पुगेका थिए।  रकम सोमबार नै अस्पतालमा हस्तान्तरण गरिएको छ

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.