सुमनको भिडन्त सुमन संग


suman-singh(सेलिब्रेटी नेपाल) ३ भाद्र-त्यसै त अन लक्की नायक भनेर चिनिनछन् सुमन सिंह त्यसमा पनि अब त उनि अभिनित दुइ चलचित्र एकै दिन प्रदर्शन हुने भए पछि त उनको हालत के होला? भाद्र ७ देखि सुमन अभिनित ‘ग्याम्बलर’ र ‘करामत ‘ले प्रतिष्पर्धा गर्नेछन् यसै दिन अर्को चलचित्र दुई दुना पाँच पनि प्रदर्शन हुने भएको छ । सुमन सिंह अभिनित करामतले करामत देखाउने छ कि उनको जुवाडे रुप लाई दर्शकले मन पराउने छन् रिलिज पछि नै थाहा हुनेछ नेपाली चलचित्रको बजार घट्नुको कारण खोजिन थालेको समयमा कै नायक को दुइ चलचित्र एकै दिन रिलिज हुनु पनि व्यापार खस्कनुको कारण हो कि भनेर निर्माण पक्षले सोच्नु जरुरि देखिन्छ स्टारडम छैन भनेर विभिन्न समयमा चलचित्र कर्मी हरुले नै बोलेको सुनिन्छ यसरि एकै दिन एकै नायकको चलचित्र यसरि जुद्दा घाटा कसलाई?

रोहि श्रेष्ठले निर्माण गरेको चलचित्र ‘करामत’ लाई दिनेश पौडेलले निर्देशन गरेका हुन् चलचित्रमा दुइ नायक रोहि श्रेष्ठ,सुमन सिंह र दुइ नायिका सम्झना प्याकुरेल तथा सोनिया शर्माको ‘करामत’पर्दामा हेर्न पाइनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.