राजा राजेन्द्रको ‘सालको पात’ गीतमा वैदेशिक रोजगारीको पिडा



काठमाडौँ । हाँस्य कलाकार तथा स्टयाण्ड अफ अमेडियन राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पिडामा निकै मार्मिक गीत ‘सालको पात’ ल्याएका छन् । गीतमा विदेशमा रोजगारीको सिलसिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पिडा व्यक्त गरिएको छ ।

गीतमा शब्द तथा संगीत श्रमदीप चौलागाईको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । गीतको भिडियोमा पनि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका एक व्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने संघर्षको कथा बुनिएको छ ।

अभिनेत्री शिल्पा पोखरेल, सुरवीर पण्डित र युवराज गौतमका अलवा बाल कलाकार एलेक्स खड्काको अभिनय रहेको भिडियो निकै मार्मिक बनेको छ । भिडियोमा युवराजले विदेशिने युवक, शिल्पाले युवकको श्रीमती र सुरबिरले बुबा र बालकलाकारले छोरोको भूमिका निर्वाह गरेका छन् । युवराजको यो पहिलो भिडियो हो । पहिलो भिडियोबाटै उनले अभिनयमा राम्रो सम्भावना देखाएका छन् ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईँले गरेका हुन् । गीतले वैदेशिक रोजगारीमा जाने व्यिक्तको पिडा व्यक्त गरेकोले सबैले मनपराउने विश्वास आफूले लिएका गायक राजा राजेन्द्र पोखरेलले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.