अनमोलको ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक



काठमाडौँ। चलचित्र ‘गाजलु र छ माया छपक्कै’ जस्ता सुपरहिट चलचित्र बनाएका निर्माता रोहित अधिकारीले आफ्नो तेश्रो प्रोजेक्टको औपचारिक घोषणा गरेका छन् । ओएएसआर डीजिटलसँग मिलेर उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘फर्कि फर्कि’को फस्टलुक टिजर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

फस्टलुक भिडियोमा नायक अनमोल केसीलाई मात्र फिचर गरिएको छ । टिजरमा अनमोल केसी आफ्नै जीवनदेखि अलमलमा परेको देख्न सकिन्छ । चलचित्रमा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङको मुख्य भूमिका रहनेछ ।

चलचित्र ‘फर्कि फर्कि’को छायाँकन लक्ष्मीपूजाबाट सुरु हुनेछ । चलचित्रलाई सन् २०२४ मा रिलिज गर्ने योजना रहेको छ । सुयोग गुरुङको निर्देशनमा तयार हुने चलचित्रमा रोहित र ओम अग्रवालको लगानी रहनेछ । सुयोगकै कथा तथा पटकथा रहेको चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माता, आलोक शुक्लाको छायांकन रहनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.