‘नाङ्गो गाउँ’को रोमान्टिक गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक



काठमाडौं । आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को नयाँ गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

गीतको भिडियोमा अभिनेता दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । चित्लाङमा छायांकन गरिएको गीतमा रामजी लामिछानेको कोरियोग्राफी,आलोक शुक्लाको छायांकन छ ।चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । चलचित्रमा बनिष शाहको सम्पादन छ । चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.