कल्पनाको तीज गीतमा शान्तीको बेदना



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नेपालमा मात्र होइन परदेशमा बस्नेहरुको लागी पनि बिसेष महत्व हुने गर्दछ। तीज नजिकदैं गर्दा तीजका विभिन्न प्रकारका गीतहरु सार्वजनिक भईरहेका छन्। तीजको गित भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘परदेशीको तीज’ बोलको गीत सार्वजनिक गरिएको छ।

शान्ती श्री परियारको स्वर रहेको गीतमा कल्पना कार्कीको शब्द रचना रहेको छ। परदेशमा बसेर तिज आउँदा माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पायको कुरा सार्वजनिक गीतामा व्यक्त गरिएको छ। लामो समय परदेशमा बस्दा देखेको भोगेको कुरालाई कल्पना कार्कीले गीत मार्फत प्रस्तुत गरेकी छन्। देबेन्द्र बरालको संगीतमा तयार भएको गीतलाई एभरेस्ट वर्ल्ड क्लास टेकवन्डो नामक संस्थाले प्रस्तुत गरेको हो। दिनेश न्यौपानेले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग बिप्लव अधिकारीले गरेका हुन्। गीतको लिरिकल भिडियो राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.