फिल्म साउथ एसियामा तीन नेपाली वृत्तचित्र


who-will-be-gurkha

(सेलिब्रेटी नेपाल) ३२ साउन-दक्षिण एशियामा निर्मित वृत्तचित्रहरुका निम्ति महत्वपूर्ण महोत्सव मानिने ‘फिल्म साउथ एसिया’मा यस वर्ष तीनवटा नेपाली वृत्तचित्र छनौटमा परेका छन्। आगामी असोज १७ देखि २० गतेसम्म काठमाडौंमा चल्ने उक्त महोत्सवमा ‘प्लेइङ विथ नान’, ‘हु विल बि अ गुर्खा’ र ‘योमरीया बखान’ गरेर तीन नेपाली वृत्तचित्र देखाइने भएको आयोजकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ।

प्रत्येक दुई वर्षमा आयोजना हुने यो महोत्सवको नवौं श्रृंखला हो। महोत्सवका निम्ति यसपटक भारत, श्रीलंका, बंग्लादेश, पाकिस्तान, अफगानिस्तान, बर्मा र नेपालका समेत गरेर कूल ३४ वृत्तचित्र छनौट गरिएको छ।

छनौटमा परेका नेपाली वृत्तचित्रमध्ये ‘प्लेइङ विथ’को निर्देशन दिपेश खरेल र आसाइ साइतोले संयुक्त रुपमा गरेका हुन्। यस अघि पनि राजधानीमा पटक पटक सार्वजनिक प्रदर्शन भइसकेको ‘हु विल’ गोर्खा भर्तीमा आधारित केसाङ छेतेन निर्देशित बहुचर्चित वृत्तचित्र हो। त्यसैगरि १८ मिनेट लामो ‘योमरीया बखान’को निर्देशन रजनी श्रेष्ठ र आलोक तुलाधरले संयुक्त रुपमा गरेका हुन्।

बैकल्पिक धारका फिल्म र वृत्तचित्रमा लागेकाहरुको निम्ति दक्षिण एसियाकै उल्लेखनीय महोत्सव मानिने यो मेलामा यसअघि श्याम बेनेगल, महेश भट्ट, गुलजार, शबाना आजमी, गौतम घोष, तारिक मसुद, सइद मिर्जा जस्ता यस भेगकै नामूद फिल्मी हस्तीहरुले सहभागीता जनाइसकेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.