सेक्स र लभ स्टोरीमा कुन चाँही हिट होला ?


(सेलिब्रेटी नेपाल) ३१ साउन-साउन महिनाको अन्तिम दिन भोली शुक्रबार दुई चलचित्र ‘महशुस’ र ‘किन-किन’ रिलिज हुँदै छन्। कन्टेन्टका हिसाबले बिल्कुल फरक यी दुइ चलचित्र बीच कडा प्रतिस्पर्धा हुने छ ‘महशुस’ लभस्टोरी भन्छ भने ‘किन-किन’ले सेक्स र न्युडिटीलाई दर्शक माझ सार्बजनिक गर्ने छ।लभ स्टोरी र सेक्स विषयका यी दुइ चलचित्र बीच निकै घम्सा घम्सी हुने पक्का छ।
Rajesh-kin-kin-2
‘महशुस’मा आर्यन सिग्देल, केकी अधिकारी, बेनिशा हमालजस्ता पछिल्लो पुस्ताका कलाकारले आफ्नो क्षमता देखाएका छन् भने ‘किन-किन’मा महानायक राजेश हमालले आफ्नै समकक्षी नायिका करिष्मा मानन्धर र नयाँ नायिका अरुणिमा लामासँग रोमान्स गरेका छन्।’महशुस’ र ‘किन-किन’ मध्ये जुन चलचित्र दर्शकको रोजाईमा पर्छ, त्यसले निर्माताको खल्ती भर्ने मात्र होइन, नेपाली सिनेमालाई दिशानिर्देश नै गर्नेछ। ‘महशुस’ हिट भयो भने फेरी सिम्पल लभस्टोरीको नयाँ अध्याय सुरु भएको मानिनेछ भने ‘किन-किन’हिट हुनु भनेको अझ केही वर्ष नेपाली दर्शकले सेक्सकै वरिपरी घुमेको चलचित्र हेर्न चाहान्छन् भन्ने प्रमाणित भएको मान्नुपर्दछ।
mahasus
महानायक हमालले ‘किन-किन’को प्रमोशनमा निकै समय खर्चिएका छन्। उनले ‘किन-किन’मा न्युडिटीलाई भल्ग्यारिटीको रुपमा नभई कलात्मक रुपमा प्रस्तुत गरेको दाबी गर्दै आएका छन्। उनको दाबीमा कतिको दम छ, त्यो पनि निकै चासोको विषय बनेको छ । फेरी यो चलचित्र सफल भए राजेशको स्टारडम अझ बाँकी रहेको पुष्टि हुने भएकोले पनि उनी मरिहत्ते गरेर फिल्मको प्रमोशनमा जुटिरहेका छन्। ‘महशुस’को बक्स अफिस कलेक्सनले आर्यन, केकी र बेनिशा तीनै जनाको करिअरमा ठूलो प्रभाव पार्छ। त्यसमाथि आर्यनलाई त झन् ठूलो दबाब छ। ‘महशुस’ले फ्लप चलचित्रको शृंखला रोकियन भने उनको करिअर थप संकटमा पर्नेछ।

दुवै चलचित्र निर्माण पक्षले आफ्नो चलचित्र लाई अब्बल बनाउन निकै प्रयास गरेका छन्। अब दर्शकले लभ स्टोरी चलचित्रलाई ताली दिन्छन्र या सेक्स बिषय लाई त्यो हेर्न मात्र बाँकी छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.