चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक(भिडियो)



काठमाडौँ। कृषा चौलागाईको डेव्यु निर्देशकिय चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । दुइ मिनेट तीस सेकेन्ड लामो ट्रेलर हेर्दा चलचित्रको कथा राजनीतिक परिवेश वरपर घुमेको प्रस्ट हुन्छ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनयराज पौडेलको मुख्य सहायक निर्देशन र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.