दयाहाङ र मेरुनाको जोडी,बन्ने भयो ‘घर ज्वाईं’



काठमाडौँ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा जनक घर्ति मगरको निर्माणमा चलचित्र ‘घर ज्वाईं’ बन्ने भएको छ। अनिल बुढामगरको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई , मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ , शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ । माघ तेश्रो साताबाट पूर्वी रुकुममा छायाँकन गरिने चलचित्र ‘घर ज्वाईं’ बस्ने कथा वरीपरी नै घुम्ने बताइएको छ। अनिल बुढामगर,बिनोद खतिवडा र सुवास कोइरालाको पटकथा संवाद रहने छ। चलचित्रलाई रोहित-रत्नको आरआर फिल्म्सले वितरण गर्नेछ।

निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक चलचित्रको निर्देशन गरेका थिए । यो चलचित्र सार्वजनिक प्रदर्शनमा नआए पनि एक अमेरिकी फिल्म फेस्टिभलमा विभिन्न विधामा अवार्ड जितेको थियो । यसपछि उनले फलाम खानीको कथामाथि चलचित्र ‘आग्रे’ बनाए, जसले अहिलेसम्म ७ विधामा अवार्ड जितिसकेको छ ।