तिलकको तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ सार्वजनिक(भिडियो)



काठमाडौं । तिलक रामदामको तीज गीत ‘मोहनी लगायो कानको झुम्काले’ सार्वजनिक गरिएको छ । तिलक आफैमा गायन,शब्द ,संगीत गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन्। यस अघि उनको ‘चकलेटी हिरो’ बोलको तिज गीत सार्वजनिक भएको थियो ।

सार्वजनिक गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन् । मदन खड्काले निर्देशन गरेको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन् । दीपक गिरीले छायाँकन गरेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो तिलक रामदामको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.