चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बन्दै



काठमाडौँ। पछिल्लो समय नेपाली चलचित्रको प्रचार प्रसारको लागी रियालिटी शोहरु राम्रो प्लेटफर्म बनेका छन्। चलचित्र प्रदर्शन नजिक रियालिटी शोमा पुगेर चलचित्रका कलाकारहरुले चलचित्र र आफ्नो बारेमा बोलेका कुराहरुले दर्शकलाई हल सम्म तान्न मद्दत पुग्ने निर्माताको विश्वास रहेको छ।

आगामी भाद्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जुलेबी’ को टिम केहि दिन अघि मात्रै नेपालको सवैभन्दा ठुलो पुरस्कार राशी भएको ‘मेरो डान्स युनिभर्स’ मा पुगेको थियो। ‘जुलेबी’ को मुख्य अभिनेत्री सुरक्षा पन्त शोमा पुगेकी थिइन्। यस्तै भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को टिम ‘मेरो डान्स युनिभर्स’को फाइनलमा पुगेको थियो । चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् । ‘मेरो डान्स युनिभर्स’को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ ।

केपी फिल्मस्को ब्यानरमा कृषा चौलागाईंले निर्देशन गरेकोचलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

कार्यकारी निर्माता नवीन भट्ट रहेको ‘जुलेबी’ लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।
फोटो: सफल ग्याञ्जो

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.