विनोदको संगीत र राजेशपायलको स्वरमा ‘जानु ए जानु’



काठमाडौं। गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।

सार्वजनिक भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन् । नवनारी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

निशान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र सुवास तिमिल्सिनाको मेकअप छ ।
संगीतकार विनोदका यसअघि ‘रात पनि दिन हुन्थ्यो’, ‘तिम्रा हजार गल्ती’, ‘औला गन्दैछु’, ‘बाटोमा हिँड्दा देखेको उनीलाई’लगायतका गीत चर्चित गीतमा पर्छन् ।