बिष्णु भण्डारीको तीज गीत ‘तीजको लहर’ मा अन्जली र राज (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको गीतमा बिष्णु भण्डारीको शब्द र विशाल निरौलाको संगीत रहेको छ। कृष्ण पौडेलको निर्देशनमा बनेको भिडियोमा प्रविन थापाको कोरियोग्राफी रहेको छ।

भिडियोमा अन्जली अधिकारी,राज श्रेष्ठ र इन्दु दनुवार फिचर्ड छन्। आरडी दुलालले छायांकन गरेको भिडियोको सम्पादन मिन रावलले गरेका हुन्। भिडियो साइराम पिक्चर्सको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। तीजको समयमा गीतमा नाच्ने माहोल बन्ने निर्देशक पौडेलले बताए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.