नायिकाहरुको मलेसियामा मस्ती


sushma-rima(सेलिब्रेटी नेपाल) २८ साउन-नायिका रिमा विश्वकर्मा यतीबेला आफु मलेशियामा रमाइराखेको बताएकी छिन्। सामाजिक सञ्जाल फेसबुकमा कुरा गर्दै उनले भनिन्,’साँस्कृतिक कार्यक्रमका लागि मलेशिया आएको निकै रमाईलो भईरहेको छ।’

नायिका रिमा बिश्वकर्मा जस्तै अरु विभिन्न नायिका पनि यतीबेला बिदेशमा छन्। उनीहरु पनि साँस्कृतिक कार्यक्रम सँगै घुमफिर र रमाईलोमा छन्। उद्रेको चोली आईटम गर्ल सुष्मा कार्की पनि यतीबेला मलेशियामा छिन्। उनी पनि रिमासँगै साँस्कृतिक कार्यक्रममा भाग लिन मलेशिया पुगेकी हुन्। रिमा र सुष्माले मलेशियाका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्। उनीहरु साँस्कृति कार्यक्रम सकेर सोमबार मात्र काठमाडौं फर्कदै छन्।

अर्की नायिका निता ढुँगाना पनि अहिले मलेशियामा छिन्। उनीफेरी छुट्टै कार्यक्रममा मलेशिया पुगेकी हुन्। एभरेष्ट कन्सर्टको लागि आफु मलेशिया गएको उनले बताएकी छिन्। उनी पनि आईतबारसम्म कन्सर्ट प्रस्तुत गरेर सोमबार मात्र काठमाडौं फर्कँदै छिन्। अर्की नायिका बिष्णु चेम्जोङ पनि नितासँगै साँस्कृतिक कार्यक्रम प्रस्तुतिको लागि मलेशिया पुगेकी छिन्।

मलेशियामा विभिन्न साँस्कृतिक कार्यक्रम भईरहेको छ। सोही ठाउँमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न अर्की नायिका ऋचा सिंह ठकुरी पनि यतीबेला मलेशियामा छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.