तीज गीत ‘कता हिड्यौ साईली ‘ सार्वजनिक (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका मिना लामा,श्रीदेवी देवकोटा र गायक चन्द्र शर्मा,अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले खिचेका हुन् भने लक्ष्मण चौहानले सम्पादन गरेका छन्। भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटी फिचर्ड छन्। भिडियो मिना लामाको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।