चलचित्र ‘ऐंचौ पैंचो’ टिम कलेजमा पुगेर प्रचार गर्दै



काठमाडौँ। कृषा चौलागाईको निर्देशनमा निर्माण भएको चलचित्र ‘ऐंचौ पैंचो’ ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार चलचित्रको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो ।

चलचित्रको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीन जना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ऐंचो पैंचो’ को बारेमा जानकारी गराएका थिए, भने सम्पुर्ण विद्यार्थीलाई चलचित्र हेर्न आग्रह समेत गरे । कार्यक्रममा चलचित्रको गीत ‘काले केटा’ले मा तीनै जना कलाकारले नृत्य गरेका थिए ।

निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा चलचित्रको ट्रेलर सार्वजनिक गर्दै पूर्ण रुपमा चलचित्रको प्रचारमा केन्द्रीत हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.